९ श्रावण २०७४, सोमबार

काठमाण्डौ । पूर्वपञ्चहरुको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेल राप्रपामा कुनै कचिंगल र विवदा हुँदैन ।

सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झैँ सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रिय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठक बहिस्कार गरिरहेको बेला एउटा समूह कमल थापासँग बस्नै नसक्ने निश्कर्षमा पुगेको छ । रामकुमार सुब्बा नेतृत्वको समूह राप्रपाबाट अलग हुनुपर्ने निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार, यो समूह कुनै पनि बेला कमल थापाको पार्टीबाट बाहिरिने खतरा बढेको छ । थापाले पार्टी एकीकरण गर्न रामकुमार सुब्बालगायतलाई रोक्न अनेक प्रयार गरिरहेका छन् ।

राप्रपामा अहिले रहेका ३७ सांसद मध्ये १५ सांसद रामकुमार सुब्बाको समुहमा खुलेको स्रोतको दाबी छ ्र स्रोतका अनुसार रामकुमार सुब्बा समुहमा बिराज बिस्ट, बबिना लावती, विकास लुइँटेल, रमेश तामांग लगाएत सांसद खुलेर लागेका छन् भने मधेशबाट प्रतिनिधित्व गरेका अधिकांश सांसद समेत रामकुमार सुब्बाकै पक्षमा छन् ।

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित छ ।

LIVE TV