९ श्रावण २०७४, सोमबार

काठमाण्डौ । विद्यालय पुननिर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ ।

पुननिर्माण प्राधिकरणमार्फत विद्यायल निर्माण गर्न गत आर्थिक बर्षमा ९ अर्ब ८० करोड ८८ लाख रप्ेयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ ।

प्राधिकारणका उपसचिव भीष्मप्रसाद भुसालका अनुसार शिक्षाको पुननिर्माणमा छुट्याईएको बजेटको ६७ प्रतिशत मात्रै खर्च भएको ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

LIVE TV