८ श्रावण २०७४, आईतवार

मोरङ । मोरङमा ५ सय दरका ३ सय ४८ थान नक्कली नेपाली नोट सहित दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

विराटनगरमा नक्कली नोटको कारोबार बढेको गुनासो आएपछि विशेष सुराकीका आधारमा विराटनगर वडा नं. ६ का संगित महतो र वडा नं. ७ का सुमन तोलाङीलाई १ लाख ७४ हजार रुपैयाँ बराबरका नक्कली नोट सहित पक्राउ गरिएको हो । प्रहरीले ६० हजार रुपैयाँ बराबरको सक्कली नोट दिएर उनीहरुबाट सो रकम साटेको थियो । यस्ता नक्कली नोट सक्कलीको गड्डीमा मिसाएर बजारमा पठाउने गरिएको छ ।

उनीहरुलाई खोटा चलन अन्तर्गत मुद्दा चलाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । सक्कली जस्तै देखिने ती नोटहरु विदेशबाट नेपाल ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

 

LIVE TV