८ श्रावण २०७४, आईतवार

काठमाण्डौ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले विद्युतीय राहदानी जारी गर्ने योजनालाई मुख्य लक्ष्य लिएर अघि बढेको जानकारी दिनु भएको छ । उहाँले परिवर्तनशील समय अनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई राहदानीको विषयमा समेत लागू गर्ने अवस्था सिर्जना भएको भन्दै विद्युतीय राहदानी जारी गर्ने तयारी गरेको समेत बताउनुभयो ।

राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको अवसरमा परराष्ट्रमन्त्री महराले राहदानी विभागले पाएको गुणस्तरको प्रमाणले राहदानीको क्षेत्रमा सरकार र विभाग थप दत्तचित्त भएर लाग्ने समेत बताउनुभयो । आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री महराले राहदानी विभागका कर्मचारीहरुलाई हासिल गरेको उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पाएपछि राहदानी विभागले विश्वका अन्य मुलुकहरुको राहदानीकै हैसियतमा यसको गुणस्तर र विकासमा समेत जोड दिनुपर्नेछ ।

 

LIVE TV