८ श्रावण २०७४, आईतवार

काठमाण्डौ । संसदको सबै भन्दा ठूलो दल र सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रदेश नम्बर २ मा पार्टीगत रणनीति र राजपालाई निर्वाचनमा सहभागी गराउने विषयमा छलफललाई तीव्रता दिएको छ ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत संशोधनको प्रस्तावलाई अगाडि बढाउने र २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने रणनीतिका साथ अघि बढ्नुपर्ने भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शनिवार देखि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पहिलो र दोश्रो चरणको निर्वाचनमा आएको परिणामलाई सन्तोषजनक नभएको जनाएका थिए । राष्ट्रिय जनता पार्टी नेपाल राजपाको माग सम्बोधन गरेर र संशोधन प्रस्तावलाई सफल बनाएर प्रदेश नम्बर २मा फाइदा हुने भन्दै त्यसतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेताहरुले नेकपा एमालेलाई समस्या समाधान गर्न बैठक र वार्तालाई प्राथमिकतामा राख्न समेत काँग्रेस नेताहरुले सुझाव दिएका थिए । कांग्रेसले स्थानीय तहको निर्वाचनले जनताको अधिकार संरक्षित हुने भएकाले राष्ट्रिय जनता पार्टी नेपाललाई पनि चुनावमा भाग लिन आग्रह गर्दै आएको छ ।

LIVE TV