८ श्रावण २०७४, आईतवार

मानिसले ऋण लिएर समयमा तिर्न सकिएन भने साहु र बैंकले दिने मानसिक यातना कतिसम्म हुन्छ ? अनि बारम्बार ऋण फिर्ता माग्दै आउने फोनले मानिसलाई कतिसम्म तनाव दिन्छ ।

कहिले कांही राम्रै मानिस पनि समस्यामा परेर पैसा तिर्न नसकेको हुन्छ । नेपाली सेनालेको काम गर्दै आएका ललितपुर कुपण्डोलका दुर्गालाल तण्डुकारको भुक्तानी सेनाले नदिएपछि उनी ऋणमा छन् यति खेर । कार्यक्रमको अघिल्लो अंकमा हामीले नेपाली सेनाबाट उनि कसरी ठगिए त्यो देखायौ । हामीले शुक्रवार उन्लाई सम्पर्क गर्दा यस्तो रिङ ब्याक टोन बज्यो ।

सेनाले पैसा नदिने अनि सापट लिएकाहरुले फोन गरिरहने गरेपछि उन्ले यस्तो रिङ व्याक टोन राखेको बताउछन् ।
तण्डुकारले नेपाली सेनाको विकास निमार्ण निर्देशनालयको निर्देशनमा नुवाकोटस्थीत आर्मी शिक्षालयमा २ करोड बढिको वाल पुटीङ र पेन्टीङको काम गरेका थिए ।

तर उनलाई काम लगाउने मेजेर निश्यजंग रायमाझी र तत्कालीन जर्नेल नरेश बस्नेतले काम गरेको पैसा नदिएपछी उनि अहिले सडकमा पुग्ने अवस्थामा छन् ।
ठेकाको काम गरेर जिविकोपार्जन गर्न दुर्गालाल तण्डुकार मात्र होईन अन्य धेरै व्यक्तीहरुले पनि सेनाको काम गरेर पैसा पाएका छैनन् ।

 

LIVE TV