८ श्रावण २०७४, आईतवार

देशकै अति महत्वपुर्ण सडक मध्यको एक भाग मुग्लीन नारयाणगढ सडक खण्ड अहिले सबै भन्दा जोखीमयुत सडक बनेको छ । स्तरउन्नतीको काम गर्न ठेकेदारले ढिलाई गरेपछि यस सडकमा यात्रा गर्ने यात्रुहरुले दुख पाईरहेका छन् । दैनीक १० हजारको हारहारीमा सवारी गुड्ने यो सडक खण्डमा एक बर्षको अवधिमा मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् भने १९ जना वेपत्ता छन् ।

२ अर्ब ९० करोडमा २०१५ अप्रीलबाट काम सुरु गरेको तिन ओटा निमार्ण कम्पनीको लापरवाहीको कारण नै सडकको यो दुरावस्था भएको हो । उक्त खण्डमा स्क्याभेटर,लोडर लगाएतका कम्तीमा पनि ६/६ ओटा निमार्ण सामाग्री राखीनु पर्ने हो तर अहिले ५०/६० जना मजदुर र २/४ ओटा मात्रै निमार्ण सामाग्रीहरु मात्रै निमार्णस्थलमा देखीन्छन् । आँपटारी देखी दासढुङ्गासम्मको १० दशमलव ४ किलोमिटरको दुरी काम गर्दै आएको बीएलए एससीसी जेभीले अहिले सम्म ५० प्रतिशत मात्रै काम सम्पन गरेका छ ।

यस्तै दासढुङगादेखी सिमलतालसम्मको १० दशमलव ५ किलोमिटरमा काम गरीरहेको उडहिल लामा जेभीको काम गती पनि उस्तै ढिलो छ । अहिलेसम्म ४२ करोड बढी खर्च गरेर जम्म ५६ प्रतिशत मात्रै काम गरेको छ । यस्तै सिमलताल देखी मुग्लीन सम्म १२ दशमलव ११ किलोमिटरमा काम गरीरहेको सुप्रिम रौताहा जेभीको काम अवस्था पनि दयनिय छ ।

अहिले सम्म उक्त कम्पनीले ३६ करोडको मात्रै काम गरेको छ । नारायाणगढ मुग्लीन सडक आयोजनाले निर्माण कम्पनीको म्याद थप्दै जाने तर निर्माण कम्पनीहरुले वेवास्ता गर्दा यो सडक पुर्ण हुन अझै कति बर्ष लाग्ने हो अन्यौल थपीएको छ ।

 

LIVE TV