८ श्रावण २०७४, आईतवार
  • सिधा कुरा जनतासंग 

यो दृश्य कहाँको हो भनि हाम्रा धेरै दर्शकहरुले हामीलाई यो भिडियो पठाए । यो भिडियोमा मधेश मुलका व्यक्ती छन् जो सडकमा पानीपुरी वेचिरहेका छन् । यो दृश्य राम्ररी हेरेपछि थाहा भयो यो रिङ रोडको हो । पुरै भिडियो हेरेपछि थाहा हुन्छ यो महाराजगञ्ज शंखरपार्क अघिको हो ।

सुनसरीका राजिव कुमार सधै साझ यहां पानीपुरी वेच्छन् । पानीपुुरी वेचेरै परिवार पाल्ने उनको जिविको पार्जन यही ठेला व्यावसायबाट हुन्छ । उनि सधैझै बुधवार पनि यहां पानीपुरी वेच्दै थिए । तर त्यही समयमा काठमाण्डौ महानगरपालिका कर्मचारीहरु आएर उनको ठेलाको सामान ट्रकमा हालिदिन्छन् । ठेलाको सामान जथाभावी गाडिमा फाल्ने नारायण दाहाल । र चालक कुमार तामाङ । यि दुई मात्र होईन अन्यकर्मचारीहरु पनि छन् जो राजिव कुमारको ठेला हटाउन लागि परेका छन् ।

यति मात्र होईन महानगरपालिकाका कर्मचारीहरुले महिनाको तीन हजार रुपयां घुस नपाएपछि आफुलाई समातेको संजिव कुमारको आरोप छ् । हामीले त्यपछि यो भिडियो ईन्टरनेटमा अपलोड गर्ने व्यक्तीलाई पनि सम्पर्क ग¥यौ । हरपल नेपालका लोकेश जैसीले यो भिडियो अपलोड गरेका रहेछन् । कर्मचारीहरुले संजिव कुमार माथि ज्यादती गरेको देखेपछि यो भिडियो खिचेका रहेछन् ।

संजिव कुमार मात्र होईन उपत्यकामा धेरै यसरी व्यवसाय गर्नेहरुलाई महानगरपालिका कर्मचारी यस्तै व्यावहार गर्दछन् ।

 

LIVE TV