८ श्रावण २०७४, आईतवार

भनिन्छ जब सम्म कुनै मुलुकमा आइएनजीओहरु सक्रिय हुन्छन,त्यो देश अविकशीत, अशान्त र गरिब रहिरहन्छ ।
आफ्ना मुद्दाहरु स्थापीत गराउन र कतिपय मुलुकमा धर्म परिर्वतन गराउन पनि आइनजीओहरु सक्रिय हुने आरोप लाग्दै आएको छ ।

सामाजीक क्षेत्रको विकास अनि शिक्षा, स्वास्थ्य विकास निमार्ण आदिमा आइनजीओहरु सक्रिय रहनु स्वभावीक मानिन्छ तर कतिपय आइनजीओेहरु मुलुकमा विद्यामान जातीय,क्षेत्रीय,लैगिंक विभेद अन्त्य गर्ने नाममा उल्टो ति मुद्दाहरु भड्काइरहेका छन् । केही लोभी पापी सरकारी गैर सरकारी ठालुहरु छन् जो विदेश घुम्न पाइने लोभमा यस्ता आइनजीओ सँग साझेदारी गर्दछन् ।

यस्ता लोभी पापीहरु आइनजीओहरुका प्रिय पात्र हुन् – ठुलो हवाइजहाज चढेर फ्रिमा विदेश घुम्ने लोभमा धेरै मानिसहरु विकेका छन् । स्थानीय क्षेत्रमा आफ्नो प्रभाव बढाउन अब धेरै आइनजीओहरु नवनिर्वाचीत स्थानीय जनप्रतिनीधिहरुसँग साठगाँठ बढाउन खोज्दैछन् । विभीन्न सेमीनार,गोष्ठी,र मिटिङमा लैजाने प्रस्ताव लिएर आउने छन् । नव निर्वाचीत जनप्रतिनिधी ज्युहरु कृपया त्यस्ता प्रस्तावहरु अस्विकार गरिदिनु होला । जति छिटो देशबाट आइनजीओ हरुलाई विदा गर्न सक्यो त्यती राम्रो हुन्छ । तर यसका बाबजुद पनि पवित्र उदेश्यका साथ यो मुलुकलाई सहयोग गर्ने असल नियतका आइनजीओहरुलाई मनबाटै धन्यवाद छ ।

LIVE TV