७ श्रावण २०७४, शनिबार

काठमाण्डौ । ग्रामीण क्षेत्रमा ई हेल्थका माध्यमबाट उत्कृष्ठ सेवा प्रदान गरेको भन्दै फ्रान्सको स्वास्थ्य संस्था पेरी फेबीरले दि स्किन हेल्थ एण्ड रिफरल सेन्टरलाई ग्लोबल साउथ ई हेल्थ अब्जरभेटरी अर्वाडबाट सम्मान गरेको छ ।

विश्वका बिभिन्न देशका ९ वटा स्वास्थ्य संस्थालाई फ्रान्सको लाभोर सहरमा प्रदान गरिएको अर्वाड दि स्कीन हेल्थ एण्ड रिफरल प्रालिको तर्फबाट संस्थाका अध्यक्ष प्रा.डा. अनिलकुमार झाले ग्रहण गरेको हो ।

दि स्किन हेल्थ एण्ड रिहाविलिटेशन सेन्टरका अध्यक्ष प्रा.डा.अनिलकुमार झाले स्थानीय सामुदायिक संस्था तथा समुदायसँग मिलेर ई हेल्थ सेवा ग्रामीण क्षेत्रमा बिस्तार गर्न सकिने बताउनुभयो । उनले आर्थिक पक्ष कमजोर भएका तथा यातायत र अन्य सेवाको पहुँचको अभावमा बिशेषज्ञ चिकित्सक सम्म पहुँच नपुगेका नागरिकको लागि ई हेल्थ सेवा निकै प्रभावकारी हुने बताए ।

दि स्किन हेल्थ एण्ड रिहाविलिटेशन सेन्टरले हाल धनुषाको बभङगना,नुवाकोटको गेर्खुटार र पर्वतको मेडिकुला गाउँमा टेलिमेडिसिन सेवा दिँदै आएको जनाएको छ ।

 

LIVE TV