७ श्रावण २०७४, शनिबार

काठमाण्डौ । राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुले मधेस आन्दोलनको उपयुक्त ढंगले समीक्षा गरी आफ्ना सवाल र मुद्दालाई स्थापित गराउन निर्वाचनमा जानु नै उचित हुने ठहर गरेका छन् । मधेस केन्द्रित दलहरु मधेसको मुद्दाको सवालमा भन्दा पनि दलको आन्तरिक विवादमा नै अल्झिएको देखिएको बताउँदै मधेसलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्ने खेल त्याग्न पनि उनीहरुको सुझाव छ ।

शनिवार काठमाडौँमा आयोजित मधेशको सवाल र दायित्व विषयक अन्र्तक्रिया कार्यक्रममा नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले अधिकारको लडाई लडिरहेको दललाई पार्टी चलाउने चिन्ताले आन्दोलन अन्यत्र मोड्नु गलत भएको भन्दै निर्वाचनबारे राष्ट्रिय जनता पार्टी स्पष्ट हुनु जरुरी रहेको बताबताए । उनले निरन्तरको आन्दोलन र विद्रोहले प्राप्त उपलब्धि गुम्न सक्ने खतरा रहेको भन्दै आफनो माग पुरा गर्न निर्वाचन गतिलो माध्यम भएको बताए ।

कार्यक्रममा बुद्धिजीवी सीके लालले पछिल्लो सयम राजपा मधेस आन्दोलनले अधिकार प्राप्तिको मुद्दामा भन्दा अन्य मुद्धामा केन्द्रित हुँदै जानु गलत भएको औँल्याउनुभयो । उहाँले राजपाको अलमलको राजनीतिले मधेसमा उब्जाएको निरासा र हतासलाई आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नुपर्ने बताए ।त्यस्तै नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले प्राप्त उपलब्धि रक्षाका लागि सम्झौता गरेर अघि बढ्न सकिने भन्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका छन् ।

मधेसमा जारी राजनीतिक गतिरोध र स्थानीय तहको तेश्रो चरणको निर्वाचनका सम्बन्धमा एक पटक सबै मधेश केन्द्रित दलहरु सजग हुन जरुरी रहेको बताएको थियो ।

 

LIVE TV