७ श्रावण २०७४, शनिबार

काठमाण्डौ । साउन महिना आराध्यदेव भगवान शिवको सम्मानमा मनाइने गरिन्छ । यो महिना श्रद्धालुहरु कठोर व्रतदेखि लिएर कठिन शारीरिक कष्ट पनि उठाउन तयार हुन्छन् ।

साउन महिनामा बोलबम तीर्थयात्रीहरुले यस्तै कठोर व्रत बसेर भगवान शिवलाई जल अर्पण गर्दै आएका छन् । उनीहरुले बोलबम तीर्थयात्राको अवसर पारेर काठमाडौंमा मोटरसाइकल ¥यालीको समेत आयोजना गरेका छन् । साउन महिना र बोलबम तीर्थयात्राको सन्दर्भ पारेर भोलेनाथ काँवारिया संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली आयोजना गरेका छन् ।

बोलबम तीर्थयात्रामा सहभागी भक्तजनहरु भगवान शिवलाई मनन गर्दै खालीखुट्टा यात्रा गर्ने गर्दर्छन । साउनको महिनामा पैदल यात्राको क्रममा सुन्दरीजलबाट चोखो जल ल्याएर पशुपतिनाथ लगायतका शिवालयहरुमा चढाउने गरिन्छ । बिधिअनुसार पूजा आराधना गरेर जल चढाउँदा भगवान महादेव खुसी भई भक्तालुको मनोकामना पूरा गरिदिने बोलबम तीर्थयात्रीहरुको विश्वास छ ।

हिन्दू भक्तजनहरुमा बोलबमको ठूलो महत्व रहेको छ । साउनमा चाखोनितो रहेर शुद्द शाकाहारी भोजन ग्रहण गरि महादेवको पूजा आराधना गर्ने गरिन्छ । भगवान महादेवलाई जलमात्र चढाउँदा पनि उहाँ प्रशन्न हुनुहुने विश्वास रहेको भोलेनाथ काँवरिया संघका सल्लाहकार दिनेश पोखरेलले बताउनु हुन्छ ।भोलेनाथ काँवारिया संघका अध्धक्ष राजकुमार साह कलवारले बोलबम मोटरसाइकल ¥याली भक्तजनहरुमा भक्तिको भावना बिलिन नहोस भन्ने उदेश्यका साथ गरिएको

बर्षका १२ महिनामा साउन महिनालाई पवित्र र धर्मभिरुहरुलाई लक्षित फल दिने महिनाको रुपमा लिइने गरिन्छ । भगवान शिव पनि साउन महिनामा नै पृथ्बीमा पर्दापर्ण गर्नु भएको विश्वासले पनि हिन्दूहरुमा यो महिनाको महत्व विशेष रहने गर्छ ।

LIVE TV