७ श्रावण २०७४, शनिबार

काठमाडौं । यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो ।

यतिले एटीआर ७२(५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले बताए । यसले ९ एन –एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भएको छ ।सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२–५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।

कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्ट्रिम(४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने म्यानेजर राईले बताए । अहिले बुद्धसँग ४ वटा एटीआर छन् ।

LIVE TV