७ श्रावण २०७४, शनिबार

नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विविद कार्यक्रम गरि मनाईदैछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव रहेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा मुलुकका विभिन्न स्थानमा एमाले लगायत कम्युनिष्ट पार्टीहरुले विविद कार्यक्रम आयोजना गरेका छन् । पुष्पलालले विक्रम संवत् २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ असार १५ गते रामेछापमा जन्मनुभएको थियो । उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ । उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएपनि प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । उहाँको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमा निधन भएको थियो ।

LIVE TV