७ श्रावण २०७४, शनिबार

काठमाण्डौ । प्रमुख तीन दलका शीर्ष नेताहरु लामो समयपछि सार्वजनिक कार्यक्रममा एकैपटक एकै ठाउँमा उभिएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल एउटै सार्वजनिक कार्यक्रममा देखिदै मुलुकको समृद्धिका लागि सहकार्य आवश्यक भएको धारणा राखेका छन् ।

मुलुकको समृद्धिका लागि राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवस्यक रहेकोमा शीर्ष नेताको एकै स्वर बोलेका छन् ।

LIVE TV