६ श्रावण २०७४, शुक्रबार

ललिपुर । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलाई जनताप्रति जवाफदेही बनाउनका लागि छिटो र सहज न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ललितपुर बार एसोसिएसनले आज आफूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा आफूले न्यायमा नागरिकको पहुँच बढाउन प्रयास गरिने बताउँदै न्यायालयप्रति नागरिकलाई विश्वास बढाउन र तल्लो वर्गसम्म न्याय पु¥याउनका लागि आफूले कार्ययोजनानुसार काम गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले न्यायालयमा भएका विकृति/विसंगति हटाई यसको सुधार गर्नमा वर्तमान प्रधानन्यायाधीशको भूमिका हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

ललितपुर बारका अध्यक्ष प्रकाश महर्जनले न्यायालयको सुधार गर्नका लागि कूल बजेटको कम्तीमा एक प्रतिशत बजेट छुट्याउन नीतिगत रुपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

LIVE TV