६ श्रावण २०७४, शुक्रबार

एजेन्सी । । सुन्दा अचम्म लाग्दो एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।

भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् र हेलमेट लगाएरै दिनभरी काम गर्दछन् ।कर्मचारीहरुका अनुसार त्यहाँ जुनबेला जेपनि हुन सक्छ ।

कार्यालयको भवन जीर्ण छ । कतिबेला ढल्ने हो भन्ने खालको छ अफिसको भवन । भित्ताहरु छर्किएका छन् भने वषरतमा छानोबाट पानी चुहेर कोठाभित्र काम गर्नै गाह्रो छ । तरपनि आखिर सरकारी नुन खाएपछि काम त गर्नैपर्यो । त्यसैले कर्मचारीहरु ज्यान हत्केलामा राखेर भएपनि काम गरिरहेका छन् ।

अकस्मात छत वा भित्ताका ढुंगाहरु खसेर टाउकोमा चोट नलागोस् भनेर उनीहरुले सधै हेलमेट लगाएर काम गर्दछन् । तर विचराहरु यदि घर नै भत्कियो भने त ऐया भन्न पनि नपाउनेवाला रहेछन् ।

 

LIVE TV