६ श्रावण २०७४, शुक्रबार

काठमाडौँ। नेपाल भ्रमणमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी प्रतिनिधिमण्डलले एमसिसी अनुदान सहायताबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च सरकारी अधिकारीसँग आज छलफल गरेको छ ।

एमसिसीका रिजनल डेप्युटी भाइस प्रेसिडेन्ट फातेमा जेड सुमारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र उच्च अधिकारीसँग भेटी प्रस्तावित एमसिसी अनुदान सहायता ९कम्याक्ट० कार्यक्रमका अन्तिम प्रावधानमाथि छलफल गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सुमारले एमसिसीमा युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिका क्षेत्र हेर्नुहुन्छ ।

विद्युत् तथा यातायात क्षेत्रमा लगानी गर्नका लागि एमसिसीले ६३ करोड अमेरिकी डलर लागतको पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिइरहेको छ । एमसिसीले अनुदानमार्फत ५० करोड अमेरिकी डलरसम्म लगानी गर्ने तथा नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने जनाइएको छ ।

एमसिसी प्रक्रियाका आगामी कदममा नेपालको मन्त्रिपरिषद्ले कम्प्याक्ट कार्यक्रमलाई स्वीकृत गर्नुपर्ने हुन्छ । “नेपाल सरकारसँगको प्रस्तावित एमसिसी कम्प्याक्ट कार्यक्रमको विकासको चरण अब अन्तिम चरणमा प्रवेश गर्दैछ । यस कम्प्याक्ट कार्यक्रमले नेपालमा विद्युत्को उपलब्धतामा सुधार र यातायातको उच्च लागतमा नियन्त्रण गर्ने लक्ष्य लिएको छ”, सुमारको भनाइ उद्धृत गर्दै दूतावासले विज्ञप्तिमा जनाएको छ ।

सन् २०११ डिसेम्बर९विसं २०६८ तिर० एमसिसीले नेपाललाई सानो आकारको थ्रेसहोल्ड कार्यक्रमका लागि छनोट गरेपछि एमसिसी र नेपाल सरकारले नेपालको आर्थिक वृद्धिका बाधकको विश्लेषण गरी संयुक्त रूपमा प्रतिफलमा आधारित नीतिगत सुधार कार्यक्रम तयार परेको थियो । सन् २०१४९विसं २०७० । ७१तिर० भर एमसिसीको नीतिगत सूचक स्कोरबोर्डमा नेपालले सशक्त कार्यक्षमता प्रदर्शन गरेपछि एमसिसीको सञ्चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रम विकास गर्नका लागि योग्य देशका रूपमा छनोट गरेको हो । कम्प्याक्ट कार्यक्रम अनुदानमा आधारित बृहत् लगानी हो ।

आर्थिक वृद्धिका दुई बाधक अर्थात् विद्युत्को अपर्याप्त आपूर्ति र यातायातको उच्च लागतको सम्बोधनमाथि केन्द्रित हुन एमसिसी र नेपाल सरकार सहमत भएका छन् । प्रस्तावित कम्प्याक्ट कार्यक्रमले विद्युत् प्रसारणसम्बन्धी परियोजना ९इटिपी० तथा सडक मर्मतसम्भारसम्बन्धी परियोजना ९आरएमपी० मा लगानी गरी ती बाधकलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।

यसैबीच प्रधानमन्त्री देउवा र नेपालका लागि अमेरिकाका कावा राजदूत गोन्जालेबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटका क्रममा एमसीसी अनुदान सहायताबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो ।
सहयोग कार्यान्वयनका लागि प्रक्रिया पूरा हुने
उपप्रधानमन्त्री कृष्णबहादुर महरा र एमसिसी प्रतिनिधिमण्डलबीच आज एमसिसीमार्फत नेपालले प्राप्त गर्ने सहयोग र त्यसको परिचालनका प्रक्रियाका विषयमा छलफल भयो । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले एमसिसीमार्फत अमेरिकी सरकारले पु¥याउने सहयोग कार्यान्वयनका लागि सबै प्रक्रिया पूरा हुने विश्वास दिलाउनुभयो ।

नेपालका लागि अमेरिकाका कावा राजदूत माइकल सि गोन्जाले र क्षेत्रीय डेपुटी भाइस प्रेसिडेन्ट सुमारसहितको प्रतिनिधिमण्डलले एमसिसीको तयारीका विषयमा परराष्ट्रमन्त्रीलाई जानकारी गराएको थियो । सो अवसरमा कावा राजदूत गोन्जालेले एमसिसीमार्फत नेपालले पाउने सहायताका प्रक्रिया द्रुत गतिमा अगाडि बढेको उल्लेख गर्दै दुई देशबीचको सो सहकार्यप्रति अमेरिकी सरकारका तर्फबाट खुशी व्यक्त गर्नुभयो ।

त्यसैगरी भाइस प्रेसिडेन्ट सुमारले एमसिसीमार्फत नेपालले प्राप्त गर्ने अनुदान सहायता कार्यान्वयनमा ल्याउन नेपाल र अमेरिकी सरकारबाट गर्नुपर्ने प्रक्रियागत विषयमा जानकारी गराउनुभयो । एमसिसी कार्यान्वयनमा आएपछि नेपालले ५०० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्नेछ । उक्त रकम नेपालको ऊर्जा क्षेत्रको विकास खासगरी प्रसारण लाइन निर्माण तथा सडक मर्मतका लागि खर्च गरिने बताइएको छ ।

LIVE TV