६ श्रावण २०७४, शुक्रबार

एजेन्सी । भारतीय टेलीभिजन कमेडी सोमा चर्चित कपिल शर्मा एक महिनामा तीन पटक अस्पताल भर्ना भएका छन् ।

सुनिल ग्रोवरसँग झगडा गरेदेखि कठिन समयको सामना गर्नु परिरहेको छ । आफ्ना कट्टर दुश्मन कृष्णा अभिषेकले सोनी च्यानलमै कमेडी शो शुरु गरेपछि त झन् कपिलको तनाव बढेको छ ।

यही तनावले उनको स्वास्थ्यमा असर पारेजस्तो छ । हालै आएको एक समाचार अनुसार कपिल फेरि अस्पताल भर्ना भएका छन् ।

स्पोटबोए नामक अनलाइन पोर्टलका अनुसार मुबारकाँ नामक फिल्मको प्रमोसनका लागि अनिल कपूर र अर्जुन कपूर कपिलको शोमा पुगेका थिए । शूटिङ राति ८ बजे शुरु गर्नुपर्ने थियो र साढे ८ बजे कपिल अचानक बेहोश भए र उनलाई कोकिलाबेन अस्पताल कुदाउनुप–यो ।अहिले उनी चिकित्सकको निगरानीमा छन् ।यसअघि जब ह्यारी मेट सेजलको प्रमोसनका लागि शाहरुख खान र अनुष्का शर्मा कपिलको शोमा पुग्दा पनि उनी बेहोश भएका थिए र शूटिङ नै रद्द गर्नुपरेको थियो ।

कपिलले मुबारकाँको टीमलाई चार घन्टा कुराएको खबर पनि आएको छ । बेलुका साढे पाँच बजे टीमलाई बोलाएर कपिल आफू चाहिँ सेटमा देखापरेनन् ।अनिल कपूर, अर्जुन कपूर, इलियाना डिक्रुज र अथिया शेट्टीले कपिललाई कुरिरहे । उनीहरूले कपिललाई फोन गर्दा म आउँदैछु भन्ने जवाफ दिए । पछि उनी त बेहोश भएर अस्पताल पु–याइएछन् ।

LIVE TV