६ श्रावण २०७४, शुक्रबार

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले राम्रो खेल खेल्दै १ सय ६९ रनको लक्ष्य दिएको हो ।

सिंगापुरमा जारी खेलमा नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १सय ६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दीप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाएका थिए । यखेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । लगातार तीन खेलमा अपेक्षा अनुसार रन बनाउन नसकेका दिपेन्द्रले शुक्रबार भने महत्वपूर्ण अर्धशतक बनाएका हुन् ।

डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो । डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनीको विश्वकप खेल्न पाउनेछन् ।

LIVE TV