
एजेन्सी । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा २’ को गीत रिलिज भएको छ। अल्मोडा राना उप्रेती र सुजाता वर्माको आवाजमा रहेको ‘ए दाजु नसमाउ’ बोलको गीत रिलिज भएको हो। प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दिपराज गिरीको शब्द रहेको छ।
उक्त चलचित्रमा दिपकराज गीरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
असोज ११ गतेबाट चलचित्र देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।