५ श्रावण २०७४, बिहीबार

काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेको कार्यकर्तारुपमा काम नगर्न निर्देशन दिनु भएको छ ।

विहीवार राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले केहि व्यक्ति तथा संस्थाहरुको काम नै एमालेको गल्ती खोज्ने रहेको बताउदै जनप्रतिनिधिहरुलाई एमाले कार्यकर्ताकोरुपमा नभई जनप्रतिनिधिकोरुपमा काम गर्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले एमालेको सरकार गिराउन टाउकोको मूल्य तोक्ने र वम पड्काउनेहरुका अचमको समीकरण वनेको र एमालेलाई चुनावमा पराजित गर्न सरकारका विभिन्न निकायको दुरुपयोग गरेपनि जागरुक जनताका कारण असफल भएको जिकिर गर्नुभयो ।

LIVE TV