५ श्रावण २०७४, बिहीबार

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा बाँकी रहेको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निर्वाचन सम्बन्धि कार्यक्रम स्वीकृत गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न गर्ने गरी ८ जिल्लाका १ सय २७ स्थानीय तह को निर्वाचन सम्पन्न गर्नको लागि भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका निर्माण गरेको छ । आयोगले भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने सम्मको कार्यक्रम सञ्चालन गर्ने र मतदानको कार्य असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी कार्यक्रम स्वीकृत गरेको छ ।

त्यसैगरि आयोगले स्वीकृत निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी समेत अघि बढाएको जनाएको छ ।

 

LIVE TV