४ श्रावण २०७४, बुधबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभएको उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राख्नुभएको थियो । सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको थियो

LIVE TV