४ श्रावण २०७४, बुधबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको मौलिक संस्कृति र पुरातत्वको संरक्षण गरेर निर्माण र पुनःनिर्माण कार्य गर्न निर्देशन दिएको छ ।

आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आउनुभएका काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो, भनिएका छन् ।

प्रधानमन्त्री देउवाले काठमाडौँको पूर्वाधार निर्माणमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत निर्देशन दिनुभएको उपप्रमुख खड्गीले जानकारी दिनुभयो । भेटमा महानगरपालिकाका पदाधिकारीले विद्युत्, खानेपानी र सडक विभाग महानगर मातहत ल्याउनसके प्रभावकारीरुपमा काम गर्न सहज हुने विचार व्यक्त गरिएको थियो ।

LIVE TV