४ श्रावण २०७४, बुधबार

झापा । सरकारले झापाको कचनकवल गाउँपालिका क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत धान सुपरजोन क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालनमा ल्यायो । तामझामका साथ गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले परियोजना उद्घाटन गर्दा कृषिमा ठूलै परिवर्तन हुने अपेक्षा गरेका किसानले कार्यक्रम लागु भए पश्चात् पनि परम्परागत खेती प्रणालीमै सीमित हुनुपरेको छ ।

दश बर्षे परियोजना अन्तर्गत सुरु भएको कार्यक्रमले किसानलाई नयाँ प्रविधिमा आधारित खेतीप्रणालीसँगै धान उत्पादनमा वृद्धि देखि बजारीकरणसम्मका सेवा, सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । उत्पादन बढाउनैका लागि सुरु भएको परियोजना धानको ‘सुपरजोन’ घोषणा भएका क्षेत्रका किसानहरुले अहिले पनि खेती गर्न भने आकाशे पानीकै भर पर्नु पर्ने अवस्था रहेको छ । उचित सिचाईं सुबिधा नहुँदा ‘सुपरजोन’ घोषित साविक केचना, पृथ्वीनगर, बनियानी, पाठामारी, बालुबाडी र पथरीयाका किशानले अहिले पनि आकाशे पानीकै भर पर्नु परेको हो । पानी नपर्दा अहिले पनि त्यहाँका किसानले रोपाई गर्न पाएका छैनन । १२ सय हेक्टर क्षेत्रफल रहेको धान सुपर जोन क्षेत्रमा ५० प्रतिशत जमिनमा सिँचाई अभावकै कारण रोपाई हुन सकेको छैन ।

परियोजनाले भने कृषकका लागि भन्दै एउटा सौर्य मोटर सहित २७ वटा बोरिङ मेसिन राखेको जनाएको छ । प्रधानमन्त्री कृषि औद्योगिक क्षेत्र धान सुपरजोन सञ्चालक समितका अध्यक्ष नवराज भट्टराईले माघ महिनामा परियोजनाको उद्घाटन भएपनि चैतमा मात्र समिति गठन भएकाले सोचे अनुसारका काम गर्न नसकिएको र अहिले स्थानीय स्तरमा जनचेतनाका काम भइरहेको बताउनुभयो ।
बाइटः नवराज भट्टराई–अध्यक्ष, धान सुपरजोन परियोजना सञ्चालक समिति झापा

परियोजनाले कृषकलाई कृषि समुह तथा सहकारी मार्फत अनुदानमा कृषि यन्त्रहरु उपलब्ध गराउदै आएको छ । परियाजनामा आबद्ध २३ वटा कृषि समुह तथा सहकारीका किसानले मात्र हाल सम्म सेवा, सुविधा लिएको बताइएको छ । किसानले उत्पादन गरेको धान भण्डारण गर्न र बजार ब्यवस्थापन गर्न पोष्ट हार्भेष्ट सेन्टर र आधुनिक कृषि औजारहरु उपलब्ध गराउन कस्टम हार्भेष्ट सेन्टर स्थापना भईसकेको भएपनि धान सुपर जोन क्षेत्रका किसानहरुमा उत्पादन र बजारीकरणमै मुख्य समस्या भने यथावत नै देखिएको छ ।

 

LIVE TV