४ श्रावण २०७४, बुधबार

काठमाण्डौ । यातायत व्यवस्था कार्यालय भक्तपुरले भक्तपुरमा सवारी चालक अनुमति पत्र स्मार्टकार्ड लाईसेन्स दिने प्रकृया बुधबारबाट पुनः शुरु गरेको छ ।

साउन १ गतेबाट शुरु गरेको काम सोमबार र मंगलबार २ र ३ गते सर्भरमा देखिएको समस्याका कारण अनुमतिपत्र वितरण गर्न सकेको थिएन । सोमबारदेखि बुधबारसम्म लाईनमा बसेका आवेदकले आवेदन दिएको र वितरणको काम सुरु गरेको कार्यालयले जनाएको छ ।

अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा बाहेक सवारी चालक अनुमति पत्रको सबै काम गर्दै आएको कार्यालयले साउन महिनाको दोस्रो हप्ता देखि दुई पाङग्रे सवारीको लागि प्रयोगात्मक परीक्षा मध्यपुरको राधेराधेमा रहेको इजी वे सवारी सेन्टरमा गराउने कार्यालय प्रमुख अनोज घिमिरेले बताए ।

अब स्मार्टकार्ड लाईसेन्स सवारी चालक अनुमति पत्र लिन भक्तपुर लगायत भक्तपुर पूर्वका सेवाग्राहीलाई सजिलो हुने जनाएको छ ।

LIVE TV