४ श्रावण २०७४, बुधबार

चितवन । नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बङ्गाला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका सातजना कर्मचारी बाहेक अरु कोही छिर्न पनि पाउँदैनन् दरबार परिसरमा ।

विसं। २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । २०४१ सालबाट बगैंँचे पदमा काम गर्दै आउनुभएका घनश्याम केसी राजपरिवारको रमाउने ठाउँ दियालो बङ्गला रहेको बताउनुहुन्छ । विगतको स्मरण गर्दै उहाँ भन्नहुन्छ, “२०५० सालमा बगैंँचामा घुम्दै राजा वीरेन्द्रले अब नौ महिना यहाँ र तीन महिना काठमाडौँ बस्ने बताएको थियो तर परिस्थिति प्रतिकूल बनेपछि राजाले भनेअनुसार नौ महिना यहाँ भने बिताउन सकिएन । त्यसैवर्ष वडामहारानी ऐश्वर्यको यही दरबारको भ¥याङमा लडेर खुट्टा भाँचियो । उनले लामो समय चिकित्सकको निगरानीमा आराम गर्नुपर्ने भएकाले काठमाडौँमै बस्नुप¥यो । ”

राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो, केसीका अनुसार राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यहीँ दरबारमा मनाएको केसीको स्मरण छ । त्यतिबेला पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका नेता पनि शुभकामना दिन यही आएका थिए । पूर्व राजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टकको इकाइ कार्यालय दियालो बङ्गला आँपटारीका प्रमुख रमेश वाग्लेका अनुसार अहिले सात कर्मचारीले दरबारको संरक्षण र सरसफाइको काम गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी बेडरुम छन् । बगैँंचे केसीका अनुसार १ नं– खोपी मुमा रत्नराज्यको हो भने २ नं– राजा र ३ नं– रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि “नानीगञ्ज” छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय चलेको छ । ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्र सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ ।यति सुन्दर र ऐतिहासिक ठाउँ भएर पनि किन यो ओझेलमा प¥यो त रु नेपाल ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले बताए । “सरकारसँग सङग्रहालय निर्माणका लागि बजेट माग गरे पनि नपाएपछि केही गर्न सकिएन ।”

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सङ्ग्रहालय स ञ्चालनका लागि रु दुई करोड माग गरिएपनि स्विकृत भएन । दरबार परिसरमा टिकट काउन्टर, शौचालय, बस्ने ठाउँ, तारबार, मर्मतसम्भार लगायतका भौतिक पूर्वाधारका लागि बजेट माग गरिएको थियो । कार्कीले थोरै रकमसमेत नपाउँदा सङग्रहालय बनाएर सर्वसाधारणलाई खुल्ला गर्न नसकिएको बताए ।
नारायणगढको विकासको शुरुवात दियालो बङ्गलाबाट भएको भन्दै उनले राजा महेन्द्रको निधन भएको पवित्र तीर्थस्थल देवघाटको प्रवेशद्वार पनि भएकाले यसको ऐतिहासिक महत्व बुझाउनका लागि पनि सङग्रालय बनाउनुपर्ने बताए।

LIVE TV