४ श्रावण २०७४, बुधबार

काठमाडौं । भदौ २ गतेबाट सम्पुर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘भुईँमान्छे’को अर्को नयाँ गीत रिलिज भएको छ । पोष्ट मार्टम गर्ने ब्यक्तिको जीवनीमा आधारीत यस फिल्मको ‘पर्दा भो’ गीतको भिडियो सार्वजनिक भएको हो ।

महेश पौडेलको शब्द तथा देबेन्द्र राईको संगीतमा यो गीतलाई शिब परियारले स्वरबद्ध गरेका छन् । ‘पर्दा भो’ गीतमा फिल्मका लीड कलाकार सीपोरा गुरुङ, रमेश बुढाथोकी र सहिन प्रजापतिको फिचरीङ रहेको छ ।
फिल्ममा रमेश बुढाथोकी, सीपोरा गुरुङ, सहिन प्रजापति, रामबाबु रेगमी, बादल भट्ट, रोहीनी भट्टराई, सानु ताम्राकार, नविन श्रेष्ठ, तारा केसी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेकोे छ । फिल्मलाई नीरुपा राज्य लक्ष्मी थापाको निर्माणमा नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । फिल्मको कथा र संवाद पनि निर्देशक बुढाथोकीको आफ्नै रहेको छ ।

LIVE TV