४ श्रावण २०७४, बुधबार

धादिङ । मंगलबार राति गएको पहिरोले धादिङको विकटवस्ती गंगाजमुना २ पुन्द्रुङमा ७ घर पुरिएको छ । पहिरो खस्ने क्रम नरोकिएकोले थप घरहरु पनि असुरक्षित छन् ।

अवरिल वर्षाले बस्ती माथिबाट ढुङा खस्न थालेपछि १७ घर परिवारले आइतबार मध्यराति नै घर छोडेकाले मानवीय क्षति भने हुन पाएन ।

मंगलबार रातिको पहिरोले दाईबहादुर तामाङ, फूर्वा तामाङ, मनोज तामाङ, तिरुवा तामाङ, दलबहामदुर तामाङ, सुकबहादुर र खिमबहादुरको घर पहिरोले पुरेको छ । पहिरोमा घरपालुवा जनावर भने परेको स्थानीयले बताएका छन् । स्थानीय प्रशाासनले अवस्था बुझ्न र उद्धार गर्न आज बिहानै दार्खास्थित प्रहरी चौकीबाट प्रहरी खटाएको छ ।

विस्थापित परिवारलाई रीगाउँको गत वर्ष निर्माण गरिएको तावल स्थित सुरक्षित सामुदायिक आवासमा सार्ने तयारी भइरहेको छ ।

LIVE TV