४ श्रावण २०७४, बुधबार

प्रधानमन्त्रीले आदेश दिएका छन् बाटामा भएका खाल्डाखुल्डी १५ दिन भित्र पुर्नु भनेर । प्रधानमन्त्रीको बोली खस्न नपाई खाल्डो पुर्न शुरु भयो । खाल्डो पुर्ने आदेश देशका प्रधानमन्त्रीले नै दिनु पर्ने ? ए हजुर २/४ वटा खाल्डाहरु त हाम्रै अनुरोधमा पनि पुरीसक्यो । हेर्नुु पर्ने कुरा त अर्कै छ । करोडाँै पैसा खर्च गरेर बनेको सडक १ महिनापनि नबित्दै खाल्डो नै खाल्डोमा परिणत हुन्छ । यस्तो कमसल सडक बनाउनेलाई पाता कस्ने बारे सोचे पो केही हुन्छ । २ घण्टामा पत्ता लाग्छ क कस्ले कति कति कमिशन खाएर यस्तो काम गरेका हुन । अब यस्तो हुन्छ ,खाल्डा पुर्ने बजेट निस्किन्छ ।

प्रधानमन्त्रीको आदेश पालना गर्दै १५ दिनमा जसरी भएपनि देखाउने काम गरीन्छ र अर्को महिना फेरी खाल्डा खुल्डी देखिन्छन् । प्रक्रिया मिलाएर सक्नेले लुट्ने, कराउने कराइरहन्छन् खानेले निरन्तर खाइरहने अनि सम्बन्धीत विभागीय मन्त्रीहरु विहान ६ बजे देखी राती १२ बजेसम्म सुपर विजी । मान्छे भेटेको छ भेटेको छ । मन्त्रीहरु विजी भएका हिसाबले संसारकै विकसित देश हुनुपर्ने थियो नेपाल ।

कुनै पनि मन्त्रीले ढंग पु¥याएर, ध्यान दिएर र ज्यान दिएर ३ देखी ४ घण्टा इमान्दारीताका साथ काम गरे मात्र पनि मुलुकको काया पलट हुन्छ ।काम न काजसँग विहानदेखी मध्यरात सम्म व्यस्त भयो,लाइन लगाएर मान्छे भेट्यो गफ चुट्यो । अल नन् सेन्स । सिस्टमले काम गर्ने हो । तर सिस्टम भन्ने चिजै थाहा नपाएका म्युजीएममा राख्न लायक मन्त्री र कर्मचारीतन्त्र रहुन्जेल यस्तै हो, बाटोको खाल्डो पुर्न प्रधानमन्त्रीको आदेश चाहिन्छ । अब लाइसेन्स लिन लाइन नलागोस, घुस लिन छोड्नुस, कार्यालय सफा राख्नुहोस ,ढिला सुस्ती नगरी दिनुहोस ,सेवाग्राहीलाई घण्टौ लाइनमा नराख्नुहोस भनेर पनि प्रधानमन्त्रीले नै भन्नु पर्ने होला होइन ?

 

LIVE TV