४ श्रावण २०७४, बुधबार

बलत्कार पछि गांउ निकाला गरिएकी बालिकाको व्यथा

भोजपुरको अरुण गाँउपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाँउलेले उनलाई गाँउनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले बालिकालाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । बालिकाका बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको बताइएको छ ।

गाउँनिकाला पछि धरान झरेकी बालिका भने बिचल्लीमा परेकि थिईन् । आज भने बालिका भोजपुर पुगेकी छिन् । । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको बालिकालाई गाँउलेको डर र धम्कीको कारण गाँउनिकाला गर्नु परेको केटाको परिवारले जनाएको छ । बालिकालाई दुर्गाबहादुर श्रेष्ठले नै धरान पु¥याएर बेपत्ता भएका थिए । आज भने भोजपुर जिल्ला प्रहरी कार्यालयले पीडकलाई कारवाही गर्न प्रकृया शुरु गरेको छ ।

LIVE TV