३ श्रावण २०७४, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठकमा थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी बनेको छ ।

बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, काँग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

LIVE TV