
दाङ । जिपको ठक्करबाट बाघमारे अम्वुवामा आज एक बालिकाको मृत्यु भएको छ ।
भे १ च १८६० नं को जिपले ठक्कर दिँदा बाघमारे अम्वुवाका लीला विककी आठ वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । मृतकको शव स्वास्थ्य परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ ।