३ श्रावण २०७४, मंगलवार

काठमाडौँ । नेपालले हङ्गेरीको बुढापेस्टमा हुने सत्रौँ एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

यही साउन ८ गतेदेखि सञ्चालन हुने पौडीमा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमाल, पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले आज एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरिए ।

प्रतियोगितामा पुरुषको ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठ तथा ५० मिटर बटरफ्लाई र १०० मिटर फ्री स्टायलमा अनुभव सुब्बाले प्रतिस्पर्धा गर्नेछन् ।

 

LIVE TV