३ श्रावण २०७४, मंगलवार

काठमाण्डौ । भारतको दार्जिलिङमा जारी अलग प्रान्त गोर्खाल्यान्डको माग गर्दै जारी आन्दोलनमा थप एकजना आन्दोलनकारीको मृत्यु भएको छ । भारतीय प्रहरीको गोली लागेर गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता आशिष तामाङको मृत्यु भएको हो ।

थप एक आन्दोलनकारीको मृत्यु भएपछि गोर्खाल्याण्ड आन्दोलन थप तनावपूर्ण बनेको छ । एक महिना लामो दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या आठ पुगेको छ । मिरिकमा तृणमूल कंग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच कुटाकुट भएको थियो ।

सामान्य विवादले उग्ररुप लिएपछि प्रहरी गोली चलाउँदा मोर्चाका कार्यकर्ता मगरजोङ चिया कमान क्षेत्रका आशिष तामाङको मृत्यु भएको मोर्चाले पुष्टि गरेको हो ।

LIVE TV