३ श्रावण २०७४, मंगलवार

काठमाडौं । ‘प्रमगीत २’ को अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यहि साउन १३ गतेबाट सम्पुर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मको ‘नत हाँस्न नै’ बोलको सेन्टिमेन्टल गीतको भिडियो सार्वजनिक भएको हो ।


फिल्मको ‘नत हाँस्न नै’ बोलको गीत रिलिज अवावै ‘कहानी यो प्रमगीतको’ र ‘मोटर साइकलमा’ बोलको गीतको भिडियो रिलिज भइसकेको थियो । फिल्मको यी दुवै गीत दर्शकहरुमाझ हिट भइसकेको छ । अहिले भर्खरै रिलिज गरिएको ‘नत हाँस्न नै’ बोलको गीतले पनि दर्शकहरुको राम्रो साथ पाईरहेको छ । यो गीतलाई रिलिज गरिएको १ दिनमै एक लाख पच्चास हजार पटक भन्दा बढी हेरिएको छ ।
मनिषा खड्काको शब्द तथा अलिष कार्कीको संगीतमा यो गीतलाई सागर सन्सार राईले स्वरबद्ध गरेका छन् । रिलिज गरिएको यो गीतमा फिल्मको लीड कलाकार प्रदीप खड्का र आस्लेशा ठकुरीको फिचरीङ रहेको छ । यो गीतमा प्रदीप र आस्लेशाको प्रेम कथालाई सेन्टिमेन्टल तरिकाबाट प्रस्तुत गरिएको छ ।
फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले पब्लिसिटिलाई ध्यानमा राखेर विभिन्न सामाजिक कामहरुमा समेत सहभागीता जनाउँदै आएका छन् । केहि साता अघिमात्र नेपालका विभिन्न ११ ठाउँहरुमा भब्य र सफल कन्सर्ट सकेर काठमाडौं फर्कीएका यो टीमले काठमाडौंको बागमती सरसफाई अभियानमा पनि सहभागीता जनाएका थिए ।
आसुसेन फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस फिल्ममा प्रदीप र आस्लेशाको अवला कैलाश कटुवाल, कबिता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाई लगाएतको मुख्य भुमिका रहेको छ । फिल्मलाई सन्तोष सेनको निर्माणमा रामशरण पाठकले निर्देशन गरेका हुन् ।

 

LIVE TV