३ श्रावण २०७४, मंगलवार

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी देखेर आफू लज्जित भएको बताउँदै १५ दिनभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।

उपत्यकाको पूर्वाधार विकास सम्बन्धमा आइतबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायतका सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या १५ दिनभित्र समाधान गर्न निर्देशन दिएका हुन्।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनीता फुयाँलको ढलले बगाएर मृत्यु भएको र सामाखुसीमा स्कुले बालिका सत्या सापकोटालाई ढलले बगाएर उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्रीले सरोकारवाला निकायका अधिकारीहरूलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले यस्ता घटना दोहोरिन नदिनतर्फ सतर्क रहनसमेत भनेका छन्।यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV