१ श्रावण २०७४, आईतवार

काठमाण्डौ । अब डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) ले आज (आइतबार)बाट अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अब एनएसीको टिकट लिन ट्राभल एजेन्सी र निगमकै कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ ।

बुक गरिएको टिकट मोबाइलमा नोटिफिकेशनसहित इमेल आउनेछ । जसलाई प्रिन्ट गरेर यात्रमा जाँदा प्रयोग गर्न सकिने छ ।

‘तत्कालका लागि विदेशी मुद्रा सञ्चित गरेका डेबिट वा क्रेडि कार्ड होल्डरले मात्रै अनलाइन बुकिङ गर्न सक्छन्’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने,’एक हप्तापछि नेपाली रकम जम्मा गर्ने डेबिट वा क्रेडिक कार्डबाहकले पनि यो सुविधा पाउनेछन् ।’

 

LIVE TV