१ श्रावण २०७४, आईतवार
  • छबिलाल बगाले

काठमाडौँ,  असार । घले समूदायले आफ्नो सांस्कृतिक परम्परालाई जोगाउनका लागि ‘सांस्कृतिक तथा कलाकार विभाग’ गठन गठन गरेको छ ।

देशभर तीन लाख हाराहारीमा रहेका घले समूदायले आफ्नो परम्परालाई सांस्कृतिक क्षेत्रमार्फत विश्वमाझ चिनाउनका लागि उक्त विभाग गठन गरेका हुन् ।

समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष दिनेशकुमार घलेले आफ्नो समूदायसँग सबै जातिलाई जोड्नका लागि उक्त विभाग गठन गरेको जानकारी दिनुभयो ।

१४ औँ शताब्दीमा तिब्बतबाट बसाँई सरी नेपाल आएका घलेहरुको मुख्य बसोबासको क्षेत्र गण्डक क्षेत्र हो । गण्डक क्षेत्रमा केही समय घलेहरुले राजा भएर शासन गरेका थिए ।

समाजका सचिव मीनबहादुर घले विस २०६५ सालदेखि घलेहरु संगठित हुँदै आफ्नो हक र हितका लागि लडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै जाती सङ्गठित भएसँगै घलेहरु पनि सङ्गठित हुनुपर्छ भन्ने मान्यताअनुसार समाज स्थापना गरेका हौँ ।”

समाजले यसअघि महिला विभाग, युवा तथा विद्यार्थी विभाग गठन गरिसकेको छ । समाजले १६ जिल्लामा आफ्नो शाखा विस्तार समेत गरिसकेको छ ।

घले समाज लमजुङका अध्यक्ष विरसिंह घले आफ्नो संस्कृति, रितिरिवाज र रहनसहनलाई विश्वमाझ पु¥याउन आफुहरु लागिरहेको बताउँनुहुन्छ ।

सो अवसरमा कलाकार हिमाल घलेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
सो अवसरमा दर्गम जिल्ला ताप्लेजुङको घुन्सामा अस्पताल निर्माणका लागि विभिन्न जिल्लाका घलेहरुले रकम सहयोग गरेका छन् । घुन्साकी याङजुङ शेर्पालाई अस्पताल निर्माणका लागि लिः ल फङ् घले समाजलले एकलाख, लमजुङस्थित भोटेवडार घले संरक्षण कोषबाट १५ हजार, लिः ल संघका केन्द्रिय उपाध्यक्ष धनबहादुर घलेले १० हजार, चितवनका अध्यक्ष गंगा घलेले तीनहजार, भोटेवडार घले संरक्षण कोषका कोषाध्यक्ष मकर घलेबाट एकहजार पाँच सय सहयोग भएको महासचिव जित बहादुर घलेले बताउनुभयो ।

सो अवसरमा कलाकारहरुले सहभागीहरुलाई विभिन्न गीत संगितबाट मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा देशभरका घलेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

LIVE TV