१ श्रावण २०७४, आईतवार

प्युठान( सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स राख्ने गरेको देखीरहेकै कुरा हो तर मानिसहरु सबैले देख्ने स्थानबाट राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि  हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

प्युठानको खलंगास्थित प्राथमिक स्वास्थ्य केन्द्रले कन्डम बक्स नै शौचालयभित्रै राखिदिएको छ। शौचालय पुगेका युवाहरुले भित्रबाटै सुटुक्क कन्डम लैजान सकुन भनेर यस्तो जुक्ति निकालेको केन्द्रले जनाएको छ। केन्द्रको यो जुक्तिपछि अहिले कन्डमको खपत ह्वात्तै बढेको छ।

केन्द्रका प्रमुख सुवास पौडेलका अनुसार विगतमा फाट्टफुट्ट मात्र कन्डमको खपत हुन्थ्यो तर अहिले कन्डमको माग ह्वात्तै बढेको छ। उनका अनुसार अहिले मासिक ५÷६ सय कन्डम खपत भैरहेको छ।

यो सँगै छिमेकी मल्लारानी गाउँपालिकासहित प्युठान नगरपालिकाको मरन्ठाना, ऐरावती गाउँपालिकाको रस्पुरकोटस्थित स्वास्थ्य संस्थाले पनि शौचालयमा कन्डम बक्स राख्न सुरु गरेका छन्।

स्वास्थ्यखबरपत्रिकाबाट

LIVE TV