३१ असार २०७४, शनिबार

दमौली। पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने म्याग्दे गाउँपालिका– ६ तुरतुरेमा आज भएको दुर्घटनामा ट्रक चालकसहित चारजना घाइते भएका छन् ।

घाइतेमध्ये तीन बसमा सवार यात्रु हुन् । पोखराबाट दमौली आउँदै गरेको ग१ख ५८९८ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना५ख ३०९० नं को बस ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते शुक्लागण्डकी नगरपालिका– ५, मिलडाँडाका ट्रक चालक ३४ वर्षीय राजु पौडेललाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल पठाइएको छ भने अन्य घाइतेको दुलेगौडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको छ ।

LIVE TV