३० असार २०७४, शुक्रबार
  • प्रेम सुनार

गुल्मी । केन्द्रीकृत कार्य व्यवस्थालाई स्थानीय स्तरमै पु¥याउन गरिएको स्थानीय तहको निर्वाचन पछि गाउँघरमा उत्साह बढेको छ । तर भौतिक पूर्वाधारको अभाव र गाउँपालिकाका केन्द्रहरु पायक पर्ने एवं सुगम स्थानमा नहुँदा सर्वसाधारणले सास्ती पाउने संकेत देखिएको छ ।

गुल्मीको धुर्कोट गाँउपालिकामा भने स्थानीय तहमा आफ्नो काम गर्न सर्वसाधारणलाई मुस्किल परेको छ । ३ घण्टामा हिडेर पुग्ने ठाँउमा पनि मोटरबाटो राम्रो नहुदा स्थानीयले दिनभर लगाएर सडकबाटो हुँदै स्थानीय तहमा जानुपर्ने बाध्याता सिर्जना भएको छ । धुर्कोट गाउँपालिकाका तिन वटा वडाहरु क्रमशः साविकको हाडहाडे, पिपलधारा र नयाँगाउँ गाविसका जनतालाई अहिलेको गाउँपालिकासंग सम्पर्क जोड्न मुस्किल परिरहेको छ । कतै मोटर बाटो नजोडिएका र कतै नियमित सुचारु हुन नसक्ने मोटरबाटो भएका कारण गाउँपालिका कार्यालयमा हिडेर ३ घण्टा लाग्छ लाग्ने ठाँउमा मोटरबाटोबाट ६ घण्टा भन्दा बढि समय लाग्ने गरेको छ ।

स्वय निर्वाचित जनप्रतिनिधिहरुले पनि कार्यालय पुग्न सास्ती भोग्दै आएका छन् । कामको सिलसिलामा कार्यलयमा आउनका लागि लामो समय खर्चन परेको वडा अध्यक्ष विष्णु थापा श्रीषको भनाई छ । यस्तै वडा नम्वर १ नयाँगाउँ र वडा नम्वर २ पिपलधारामा त गाउँपालिकासंग मोटरबाटो नै नजोडिएको र पैदल यात्रा गर्न यो वर्षायाममा पुल समेत नभएका कारण स्थानीयले लामो यात्रा गर्नुपरेको स्वीकाछर्न नयाँगाँउका वडा अध्यक्ष कमल थापा ।

सवारी साधन समयै नचल्ने भएपछि सर्वसाधरण मारमा परेका छन् । सर्वसाधारणलाई आँखा छल्दै असारमा बजेट सकाउनकै लागि सडक मर्मत तथा सम्भार हुने गरेको छ । तर सर्वसारणलाई अवश्यक पर्ने सडक निर्माण नभई नियमति संचालन हुने सडक मात्र मर्मत हुने गरेको छ ।

 

 

 

LIVE TV