३० असार २०७४, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले पार्टी अध्यक्ष कमल थापाले एकलौटी ढंगमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै खेद प्रकट गर्नुभएको छ । उहाँले केन्द्रीय कार्यसमितिको बैठक बोलाएर केन्द्रीय सदस्यको नाम कसैलाई पनि जानकारी नदिईकन निर्वाचन आयोगमा मनोनित केन्द्रीय सदस्यको नाम पेश गरेको भन्दै पार्टी अध्यक्षको विरुद्ध खेद प्रकट गर्नुभएको छ ।

शुक्रवार वक्तव्य जारी गर्दै वरिष्ठ नेता राणाले राजनीतिक विषयमा छलफल र निर्वाचनका बारेमा समिक्षाका लागि भन्दै बोलाएको बैठकमा कसैको स्वीकृति विना नै अप्रत्याशित रुपमा मनोनयन गरेको भन्दै विरोध जनाउनुभएको छ । उहाँले वक्तव्यमा राप्रपा अध्यक्षको निर्णयले पार्टीलाई एकल विर्ता बनाउन खोजेको आरोप लगाउदै कार्यसमितिको अस्तित्व र महत्वलाई धराशायी पार्ने काम भएको उल्लेख गर्नुभएको छ । साथै सो निर्णय सच्याएर पार्टीलाई आन्तरिक द्वन्दमा परिणत हुनबाट जोगाउन अध्यक्ष थापाको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

LIVE TV