३० असार २०७४, शुक्रबार

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई शेरबहादुर देउवा सरकारले कटौती गर्दै लागेको आरोप लगाउनु भएको छ ।

स्थानीय तहलाई अधिकार सम्पन्न गराउनका लागि जनप्रतिनिधिहरुले सरकारसँग लडाई गर्नु पर्ने अबस्था आएको आरोप लगाउनुभएको हो ।

शुक्रबार सूर्यबिनायक नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको स्थानीय तहले केन्द्र र प्रादेशिक सरकारसँग अधिकार माग्नुपर्ने अबस्था सृजना गर्न लागेको बताउनुभयो । उहाँले संविधान निर्माण गर्दा संविधानमै उल्लेखित केन्द्र, प्रादेशिक र स्थानीय तहको अवधारणालाई वर्तमान देउवा सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहमा मात्रै अधिकार कटौती गर्न कानून र विधेयक पारित गर्न लागेको जिकिर गर्दै यदि स्थानीय तहको अधिकार कटौती गरिए त्यो एमालेलाई मान्य नहुने बताउनु भयो ।

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै गाउँटोलका साथै नगर र समग्र देशको विकासमा सहयोग पु¥याउने भएकोले सबै राजनीतिक दलहरु मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको ओलीको भनाई छ ।

 

LIVE TV