३० असार २०७४, शुक्रबार

एजेन्सी । तपाईले अहिलेसम्म ७ आश्चर्य सुन्नु भएको होला । तर, यो संसारमा ८ औं आश्चार्य पनि छ । केही बर्षको प्रयासपछि अनुसन्धानकर्ताले संसारको आठौं आश्चर्य पत्ता लगाएका छन् ।

यो ठाँउ धेरै पहिले हराएको थियो । अब अनुसन्धाकर्ताहरुले दावी गरेका छन् कि हराएको संसारको आठ औं आश्चर्य चाँडै संसारका सामु आउने छ । न्यूजिल्याण्डको उत्तरी द्वीप स्थित रोटोमेहाना झीाके गुलाबी र सफेद सिढीं १९ औं सताब्दि पर्यटकहरुका लागि अकर्षणको केन्द्र थियो ।

मानिसहरु टाढा–टाढा देखि यहाँ आउने गरेका थिए । यो सिढींको आकृति प्राकृतिक थियो । उक्त सिढीं भएको जमिनमा सिलिका र धातुको सबै भन्दा ठूलो भण्डार रहेको बताइदै आइएको थियो ।

सन् १९८९ मा यहाँ एक ज्वालामुखी विष्फोट भएको थियो । मानिसहरुले यही विष्फोटका कारण सिढीं ध्वस्त भएको विश्वास गरे । त्यसपछि सिढीं कसैले देखेनन् । कुनै पनि सरकारी सर्भेमा यसलाई समावेश गरिएन ।

यो पनि थाह थिएन की सिढीं कुन आक्षंश या देशान्त रेखामा छ । जुन डायरीका मद्दतले ८ औं आश्चर्य खोज्न सम्भव भयो त्यो डायरी डाक्टर सासचा नोल्डेनको स्विट्जरल्याण्ड स्थित बाल शहमा भेटियो ।

LIVE TV