३० असार २०७४, शुक्रबार

एजेन्सी । फेसबुकमा लाइक पाउन मानिसहरुले अनेक थरीका हर्कत गरिरहेका हुन्छन् । अल्जेरियामा पनि फेसबुकमा लाइक पाउनका लागि गरिएको एक अनौठो हर्कत बाहिर आएको छ ।

एक व्यक्तिले धेरै तला भएको भवनको माथि आफ्नो फ्ल्याटको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेका थिए ।

त्यहाँको एक अदालतले एक बाबुलाई आफ्नो सानो बच्चालाई फेसबुकमा लाइक पाउन झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।

फोटोमा तस्विर पोस्ट गर्दै क्याम्पसन लेखेका थिए, ‘१००० लाइक्स या म यसलाई तल झारिदिउँ ।’
उनको त्यो तस्बिर देखेर सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए ।

LIVE TV