३० असार २०७४, शुक्रबार

नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन लगत्तै सरकार विस्तार गर्ने बताउनुभएको थियो।

जेठ २३ गते देउवा प्रधानमन्त्रीमा चयन भएपछि एक महिना नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार नहुँदा सरकारी कामकाज प्रभावित भएका छन् । दोस्रो चरणको निर्वाचन लगत्तै संविधान संशोधनमा सहमतिका लागि देउवा सरकार व्यस्त भएपछि मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिवार स्वदेश फर्केपछि आइतबार मन्त्रिमण्डल बिस्तार गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले सरकारमा जाने व्यक्तिहरुको नाम टुंगाइसकेको जनाएको छ । कांग्रेस माओवादीको देउवा सरकारमा माओवादीले ऊर्जा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुदलगायत मन्त्रालय माग गरेको छ ।

मन्त्रिमण्डल बिस्तारमा भएको ढिलाईले राष्ट्रिय योजना आयोग, महान्यायाधिवक्ताको कार्यालयलगायतका स्थानमा पुनर्नियुक्ति हुन सकेको छैन । मन्त्रालय नटुंगिएकाले मन्त्रालयअन्तर्गतका नियुक्तिहरू पनि रोकिन पुगेको हो।

LIVE TV