२९ असार २०७४, बिहीबार

विराटनगर । विराटनगरको मुनाल पथमा लुटेराले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् ।

उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट आज बिहान लुटेराले चलाएको गोली लागेर घाइते भएकी हुन् ।

मोटरसाइकलमा आएका लुटेराले गोली प्रहार गरेको र उनीहरु भागेको प्रहरीले जनाएको छ । विष्ट अस्पतालमा उपचार गराइरहेको भाईलाई भेट्न विराटनगर आएको प्रहरीले जनाएको छ ।

लुटेराको गोली लागेर विष्टको खुट्टामा सामान्य चोट लागेको छ ।

LIVE TV