२८ असार २०७४, बुधबार

पाल्पा । अम्ल्यानबाट गत आइतबार तिनाउ खोलाले बगाएर बेपत्ता भएकामध्ये तीन जनाको शव आज फेला परेको छ ।

फेला परेकामा माथागढे गाउँपालिकाका माया गाह, बगनतकाली गाउँपालिकाका पदमबहादुर कुँवर र तानसेन नगरपालिकाकी उषा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गाह र कुँवरको शव रुपन्देहीको मर्चवार र श्रेष्ठको शव पाल्पाको जोरधारास्थित तिनाउ खोला किनारमा फेला परेको पाल्पाका प्रहरी नायब उपरीक्षक रमेशराज पण्डितले जानकारी दिनुभयो । एक जना अझै बेपत्ता छन् ।

अम्ल्यानमा लु १ ज १७१२ नंको जिप आइतबार तिनाउ खोलाले बगाउँदा जिपसहित चार यात्रु बेपत्ता भएका थिए ।

LIVE TV